पोखरामा अन्तर्राष्ट्रिय माउण्टेन क्रस–कन्ट्री सुरु
पाेखरा | मंसिर ९, २०८०
पोखरा: पोखरामा ‘पोखरा इन्टरनेशनल माउन्टेन क्रस–कन्ट्री कम्पिटिशन’ सुरु भएको छ । । पोखरा महानगरपालिकाको कार्यालय, चिनियाँ राजदूतावास र नेपाल पर्यटन बोर्डद्वारा आयोजित प्रतियोगिता लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएको हो ।
गण्डकीका प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र चिनियाँ राजदूत छन सङले क्रस कन्ट्रीको उद्घाटन गरे ।

सामूहिक, व्यक्तिगत प्रतिस्पर्धासँगै ह्याप्पी र विद्यार्थी दौड गरेर ४ विधामा प्रतिस्पर्धा हुनेछ ।
सामूहिक प्रतिस्पर्धामा दौड, साइक्लिङ र डुंगा दौड गरेर ४० किलोमिटर दूरी धावकले पार गरेपछि विजेताको छिनोफानो हुनेछ ।
यो विधाको विजेताले ३ लाख ६० हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रोले २ लाख ८८ हजार रुपैयाँ , तेस्रोले २ लाख १६ हजार रुपैयाँ, सान्त्वना हुने समूहले १ लाख ४४ हजार रुपैयाँ र पाँचौले ९ हजार रुपैयाँ पुरस्कार हात पार्नेछ ।
व्यक्तिगततर्फ ३८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । यो विधाको विजेता महिला पुरुषले जनही १ लाख ४४ हजार रुपैयाँ प्राप्त गर्दा उपविजेताले १ लाख ८ हजार रुपैयाँ पाउनेछन् । तेस्रोले ५४ हजार रुपैयाँ, चोथौं देखि सातौंसम्मले १८ हजार रुपैयाँ र दसौंसम्मका धावकले ९ हजार रुपैयाँ पाउनेछन् ।
यि दुवै विधामा लेकसाइडको बाराहीघाटबाट सुरु भएर बिरौटा, फ्रुसे खोला, रामदी, उल्लेरी, भुम्दी, लुकुनस्वाँरा, लिचिबोट हुँदै बाराहीघाटमै आएर विजेताको टुंगो लाग्नेछ ।
५ किलोमिटरको विद्यार्थी दौड प्रतियोगिताको विजेता छात्र छात्रालाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ । दोस्रोले २० हजार, तेस्रोले १५ हजार, चौथोंले १० हजार र पाँचौले हुनेले ५ हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगितामा सहभागी हुन चीनको कुनमिङ सहरबाट खेलाडी र अफिसियल ९५ जना चार्टर विमानमार्फत पोखरा विमानस्थल ओर्लिएका थिए ।


काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

